अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान, यस्तो छ भ्रमण तालिका

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान, यस्तो छ भ्रमण तालिका


काठमाडौँ-अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारत सरकारको निमन्त्रणामा उनी  बिहीबार बिहान ७:३५ बजेको उडानमा काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गरेका हुन् । 

विपद्पछिको पुनर्निर्माण लगायत दुई देशबिचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको छ ।

उनले आज-५:००-बजे  भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्नेछन् । शुक्रवार बिहान ९ बजे पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा  प्रमुख अतिथिका रूपमा सहभागी र ५:००बजे भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यतालिका छ।

वाग्ले शुक्रवार ७:३० बजे भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने  बृहत भेटघाट कार्यक्रममा सहभागी हुनेछन् भने शनिवार ९:३० बजे भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन् ।

सोही दिन ११:३० बजे  दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने  विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । उनी शनिबार साँझ ४ बजे नेपाल फिर्ता हुने कार्यतालिका छ । भ्रमण टोलीका सदस्यहरूमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नेपाली राजदूतावास नयाँदिल्लीका उप नियोग प्रमुख  डा.सुरेन्द्र थापा,  नेपाली राजदूतावास नयाँदिल्लीका इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उप सचिव कञ्चन बस्नेत रहेका छन् । भ्रमण तालिकाः
बिहीबार
साँझ ५ बजेः भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता ।

शुक्रबार
बिहान ९ बजेः पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी ।
साँझ ५ बजेः भारतीय विदेशमन्त्री डा. एस। जयशंकरसँग भेटवार्ता ।
साँझ ७ः३० बजेः भारत व्यापार संवद्र्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गरेको बृहत भेटघाट कार्यक्रममा सहभागी ।

शनिबार
बिहान ९ः३० बजेः भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी ।
बिहान ११ः३० बजेः दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी ।
दिउँसो ४ बजेः स्वदेश फिर्ता ।