अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्थमन्त्री वाग्ले नयाँ दिल्लीमा, भारतीय समकक्षी सीतारमणसँग भेटवार्ता हुँदै

अर्थमन्त्री वाग्ले नयाँ दिल्लीमा, भारतीय समकक्षी सीतारमणसँग भेटवार्ता हुँदै


काठमाडौं-अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारतको तीन दिने औपचारिक भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन्।

भारत सरकारको निमन्त्रणामा भारत भ्रमणमा गएका अर्थमन्त्री वाग्लेलाई बिहीबार नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली कार्यवाहक राजदूत सुरेन्द्र थापाले स्वागत गरेका छन्।

भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले आज साँझ भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटमा नेपाल–भारत आर्थिक सम्बन्ध, द्विपक्षीय सहयोग तथा आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

अर्थमन्त्री वाग्ले तीन दिने भ्रमण पूरा गरी नेपाल फर्कनेछन्।