अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले प्रदेश सांसद जैनब खातुनको निधन

एमाले प्रदेश सांसद जैनब खातुनको निधन


रौतहट-नेकपा (एमाले)को मधेश प्रदेश सभा रौतहट क्षेत्र-३ बाट समानुपातिक सांसद जैनब खातुनको निधन भएको छ।

फतुवा विजयपुर नगरपालिका-५ सन्तपुर दोस्तियाकी खातुनको बुधबार राति वीरगञ्जस्थित नेशनल मेडिकल अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

परिवारका अनुसार बुधबार अचानक रगतमा चिनीको मात्रा बढेपछि उनलाई उपचारका लागि वीरगञ्ज लगिएको थियो । उपचारकै क्रममा उनको निधन भएको छोरा रौजन मियाँले जानकारी दिए ।

खातुन मधेश प्रदेश सभामा रौतहट क्षेत्र नम्बर ३ बाट नेकपा (एमाले)को समानुपातिकतर्फ प्रतिनिधित्व गर्दै आएकी थिइन् ।

उनको निधनको खबरपछि परिवारजन, आफन्त, शुभेच्छुक तथा स्थानीयबासी शोकमा परेका छन् ।

स्थानीयबासीले उनको निधनलाई जिल्लाका लागि अपूरणीय क्षतिका रूपमा लिएका छन् ।