काठमाडौं-सरकारले भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ मुलुकमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरूलाई राजदूत नियुक्तिका लागि सिफारिस गरिएको छ। अध्ययन तथा अनुसन्धान, विभिन्न क्षेत्रमा नेतृत्व र अनुभव हासिल गरेका व्यक्तिहरूलाई छनोट गरिएको उनले जानकारी दिए।
मन्त्रिपरिषद्को निर्णयअनुसार अब प्रस्तावित राजदूतहरूको नाम संसदीय सुनुवाइका लागि पठाइनेछ। संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सरकारले सम्बन्धित मुलुकमा राजदूतका लागि अग्रिमो (सहमति) माग गर्दै प्रस्ताव पठाउनेछ।
सम्बन्धित मुलुकबाट अग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले प्रस्तावित व्यक्तिहरूलाई सम्बन्धित देशका लागि राजदूतमा नियुक्त गर्ने संवैधानिक प्रक्रिया छ।
प्रस्तावित राजदूतहरू:
१) डा. निश्चलनाथ पाण्डे: भारत
२) डा. कल्याणराज शर्मा: चीन
३) चिरनजंग थापा: अमेरिका
४) पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा: बेलायत
५) जिग्यानकुमार थापा: जापान
६) सुरेशकुमार कर्ण: इजरायल
७) प्राप्ति शेरचन: स्पेन
८) शरू जोशी: जर्मनी
९) डा. पद्माक्षी राणा: ओमान
१०) चूडामणि खरेल: मलेसिया
११) प्रा.डा. सङ्गम श्रेष्ठ: दक्षिण कोरिया
१२) डा. मञ्चला झा: श्रीलंका
१३) गिरीबहादुर सुनार: साउदी अरब



प्रतिक्रिया