अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता


काठमाडौं-भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गरेका छन्।

अर्थमन्त्री वाग्लेले शुक्रबार नयाँ दिल्लीमा विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेका हुन्। भेटवार्ताका क्रममा नेपाल-भारतबीचका आपसी हित तथा द्विपक्षीय सम्बन्धसँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको जनाइएको छ।

तीन दिने भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले यसअघि बिहीबार भारतीय समकक्षी निर्मला सीतारमणसँग पनि भेटवार्ता गरेका थिए।

भारत सरकारको निमन्त्रणामा नयाँ दिल्ली पुगेका वाग्लेले भ्रमणका क्रममा नेपाल–भारत आर्थिक सम्बन्ध, सहकार्य र आपसी हितका विषयमा भारतीय पक्षसँग छलफल गरिरहेका छन्।