अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अश्लील र भ्रामक प्रचारविरुद्ध एमालेले सुरु गर्‍यो ‘अप्रेसन ऐना’

अश्लील र भ्रामक प्रचारविरुद्ध एमालेले सुरु गर्‍यो ‘अप्रेसन ऐना’


काठमाडौं-नेकपा (एमाले)ले सामाजिक सञ्जालमा अश्लील, भ्रामक तथा गलत प्रचारप्रसार गर्ने गतिविधिमाथि निगरानी गर्ने उद्देश्यले ‘अप्रेसन ऐना’ अभियान सुरु गरेको छ।

एमालेले शनिबार भिडियो सन्देशमार्फत ‘तपाईंले लेखेको, समाजले देखेको’ भन्ने स्लोगनसहित अभियान सुरु गरिएको जनाएको हो।

अभियानअन्तर्गत सामाजिक सञ्जालमा हुने गालीगलौज, अश्लील टिप्पणी, भ्रम फैलाउने तथा आपत्तिजनक सामग्रीमाथि डिजिटल निगरानी गरिने एमालेले जनाएको छ।

एमालेका अनुसार सामाजिक सञ्जालमा अश्लील तथा आपत्तिजनक टिप्पणी गर्ने व्यक्तिका गतिविधिबारे उनीहरूको घरपरिवार र समाजलाई समेत जानकारी गराउने उद्देश्य अभियानको रहेको छ।

सामाजिक सञ्जाललाई थप सभ्य, जिम्मेवार र मर्यादित बनाउन अभियान सञ्चालन गरिएको एमालेको भनाइ छ।

एमालेले ‘अप्रेसन ऐना’लाई सामाजिक सञ्जालमा भ्रम, गालीगलौज र प्रोपोगन्डाविरुद्धको डिजिटल निगरानी अभियानका रूपमा अघि बढाएको जनाएको छ। अभियानले सामाजिक सञ्जालमा गरिएका आपत्तिजनक टिप्पणी तथा गतिविधिको सामग्री सम्बन्धित व्यक्ति र उनका परिवारसम्म पुर्‍याउनसमेत आग्रह गरेको छ।