अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका लगातार तीन बैठक, आज कार्यदल र सचिवालय बैठक

एमालेका लगातार तीन बैठक, आज कार्यदल र सचिवालय बैठक


काठमाडौंनेकपा (एमाले)ले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल, केन्द्रीय सचिवालय र केन्द्रीय कमिटीका लगातार तीनवटा बैठक बोलाएको छ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार आज बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बस्दैछ। प्रस्तावित प्रतिवेदन अध्ययनका लागि कार्यदलका सदस्यहरूले समय मागेपछि यसअघि तय भएको बैठकको समय सारिएको हो।

कार्यदलको बैठकपछि आजै दिउँसो १ बजे पार्टी केन्द्रीय सचिवालयको बैठक पनि च्यासलमै बस्नेछ। सचिवालय बैठकमा कार्यदलले तयार गर्ने प्रतिवेदन तथा आगामी केन्द्रीय कमिटी बैठकका एजेन्डामाथि छलफल हुने बताइएको छ।

त्यसपछि एमालेको केन्द्रीय कमिटी बैठक असोज ५, ६ र ७ गते बस्नेछ। बैठक ललितपुरको भनीमण्डलस्थित रामबाग महलमा आयोजना हुने आचार्यले जानकारी दिएका छन्। केन्द्रीय कमिटी बैठकमा निर्वाचन समीक्षा, पार्टी पुनर्गठनलगायत विषयमा छलफल हुने तयारी छ।

यसरी एमालेमा आज कार्यदल र सचिवालय तथा त्यसपछि तीन दिनसम्म केन्द्रीय कमिटीको बैठक बस्ने भएकाले आगामी दिनका बैठकलाई पार्टीको निर्वाचन समीक्षा र संगठन पुनर्गठनसम्बन्धी निर्णयका दृष्टिले महत्वपूर्ण मानिएको छ।

बैठकहरू

१. एमाले कार्यदलको बैठक

मिति: २०८३ असोज ४ गते

समय: बिहान ९ :०० बजे

स्थान: पार्टी केन्द्रीय कार्यालय, च्यासल

२. केन्द्रीय सचिवालयको बैठक

मिति: २०८३ असोज ४ गते

समय: दिउँसो १:०० बजे

स्थान: पार्टी केन्द्रीय कार्यालय, च्यासल

३. केन्द्रीय कमिटीको बैठक

मिति: २०८३ असोज ५, ६ र ७ गते

स्थान: रामबाग महल, भनिमण्डल, ललितपुर