अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पहिरो र बाढीका कारण विभिन्न राजमार्ग प्रभावित

पहिरो र बाढीका कारण विभिन्न राजमार्ग प्रभावित


काठमाडौँ-बाढी तथा पहिरोका कारण बागमती र कोशी प्रदेशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीको विवरणअनुसार बागमती प्रदेशतर्फ खुक–नेपालथोक–कटुन्जेबेँसी हुँदै चल्ने सवारीका लागि बीपी राजमार्ग प्रभावित छ। 

बाढीका कारण रसुवाकाे मुख्य राजमार्ग सबै प्रभावित छन्। अर्को सूचना नभएसम्म पूर्ण रूपमा अवरोध रहेको प्रहरीले जनाएको छ।

नुवाकोटकाे शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा टोखा–छहरे सडकखण्ड बाढी तथा पहिरोको जोखिममा छ। राति १० बजेदेखि बिहान ५ बजेसम्म यहाँ सवारी सञ्चालनमा रोक लगाइएको छ।

नुवाकोटकै विदुर नगरपालिका–१० सिमटारमा पासाङ ल्हामु सडकखण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ।

धादिङकाे बेनीघाट रोराङ गाउँपालिका–१० ज्वालामुखी र शीतलबजार क्षेत्रमा पृथ्वी लोकमार्ग पहिरोका कारण प्रभावित छ। दुवै स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।

कोशी प्रदेशतर्फ संखुवासभकाे मकालु गाउँपालिका–४ नेता भीरमा पहिरोका कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।