उदयपुर-उदयपुरको चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँमा धारिलो हतियार प्रहार गरी एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन्।
प्रहरीका अनुसार ५८ वर्षीय गन्दुराम राईले मादक पदार्थ सेवन गरी घरायसी विवादका क्रममा ४५ वर्षीया श्रीमती बिमला राईमाथि धारिलो हतियार प्रहार गरेका हुन्।
घटनापछि गन्दुराम आफैं गएराति करिब साढे १२ बजे अस्थायी प्रहरी पोस्ट माडीबास पुगेका थिए। उनले प्रहरीलाई घटनाबारे जानकारी गराएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
प्रहरीले घाइते बिमलाको उद्धार गरी उपचारका लागि नगर अस्पताल बेल्टार पुर्याएको थियो। उपचारकै क्रममा उनको आज बिहान करिब १ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले गन्दुरामलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।



प्रतिक्रिया