अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कार्यदल बैठक लम्बिँदा एमाले सचिवालय बैठक ३ बजे सर्‍यो

कार्यदल बैठक लम्बिँदा एमाले सचिवालय बैठक ३ बजे सर्‍यो


काठमाडौं-नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक दिउँसो १ बजे बस्ने तय भएको सचिवालय बैठक ३ बजेका लागि सारिएको छ।

एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार कार्यदलको बैठक टुंगिएपछि मात्रै सचिवालय बैठक बस्ने भएकाले समय परिवर्तन गरिएको हो। कार्यदलको बैठक आइतबार बिहान ९ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ।

कार्यदल संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनमाथि छलफल भइरहेको छ।

यसैबीच, पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले पनि छुट्टै प्रतिवेदन पेश गरेका छन्।

पार्टी कार्यालय च्यासलमा जारी कार्यदल बैठकमा अहिले तीनवटै प्रतिवेदनमाथि छलफल भइरहेको एक पदाधिकारीले बताए। कार्यदलको प्रतिवेदन अन्तिम रूप दिएपछि मात्रै सचिवालय बैठक बस्ने जनाइएको छ।

एमालेले निर्वाचन समीक्षा, संगठन सुदृढीकरण तथा पार्टी पुनर्गठनका विषयमा साझा निष्कर्ष निकाल्ने प्रयासस्वरूप कार्यदलमार्फत प्रतिवेदन तयार गरिरहेको छ।