काठमाडौँ-नेकपा एमालेको १५ सदस्यीय कार्यदलले राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउन पार्टीलाई सिफारिस गर्ने भएको छ।
आइतबार बसेको कार्यदल बैठकपछि सचिव महेश बस्नेतले राष्ट्रिय प्रतिनिधि परिषद् बैठक डाक्ने विषयमा पार्टीलाई सुझाव दिने सर्वसम्मत निर्णय गरेको जानकारी दिए ।
उनका अनुसार महासचिव शङ्कर पोखरेल, उपाध्यक्ष तथा कार्यदल संयोजक रामबहादुर थापा बादलले मस्यौदा गरेको प्रतिवेदनलाई मिलाएर एकीकृत मस्यौदा बनाएर सचिवालयमा पेस गर्ने सहमति भएको छ।



प्रतिक्रिया