अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

च्यासलमा एमाले सचिवालय बैठक सुरु

च्यासलमा एमाले सचिवालय बैठक सुरु


काठमाडौं-नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा केही समयअघि बैठक सुरु भएको हो।

बैठकमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले तयार पारेको साझा प्रतिवेदनमाथि छलफल गर्ने मुख्य एजेन्डा रहेको छ।

यसअघि सचिवालय बैठक दिउँसो १ बजेका लागि तय गरिएको थियो। तर निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक लम्बिएपछि सचिवालय बैठकको समय अपराह्न ३ बजे हुँदै ४ बजेसम्मका लागि सारिएको थियो। कार्यदलको निर्णयको माइन्युट तयार गर्न समय लागेकाले सचिवालय बैठक ढिलो गरी सुरु भएको हो।

कार्यदलले निर्वाचन परिणामको समीक्षा, पार्टीको संगठनात्मक अवस्था, पार्टी पुनर्गठन, संगठन सुदृढीकरण तथा आगामी राजनीतिक कार्यदिशालगायत विषय समेटेर प्रतिवेदन तयार गरेको बताइएको छ।

अब सचिवालय बैठकमा कार्यदलको साझा प्रतिवेदनमाथि विस्तृत छलफल हुने र त्यसका आधारमा आवश्यक निर्णय गरिने एमाले नेताहरूले बताएका छन्। बैठकले पार्टीको संगठनात्मक अवस्था, आगामी राजनीतिक कार्ययोजना तथा अन्य समसामयिक विषयमा समेत निर्णय गर्ने अपेक्षा गरिएको छ।