काठमाडौं-नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ।
बैठकमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल भइरहेको छ। साथै समसामयिक राजनीतिक घटनाक्रमका विषयमा पनि सचिवालय सदस्यहरूबीच छलफल हुने बताइएको छ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित सचिवालयका सदस्यहरू सहभागी छन्।
यसअघि कार्यदलको बैठक लम्बिएपछि सचिवालय बैठकको समय केही ढिला गरी सुरु भएको हो।



प्रतिक्रिया