अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवालय बैठक सकियो, राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने निर्णय

एमाले सचिवालय बैठक सकियो, राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने निर्णय


काठमाडौं-नेकपा एमालेको १० औं सचिवालय बैठकले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गरेको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बसेको सचिवालय बैठकले पार्टीका आगामी गतिविधि, संगठनात्मक विषय तथा समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्दै राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने निर्णय गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिए।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पोखरेलले भोलिदेखि बस्ने केन्द्रीय समितिको बैठकका एजेण्डा तयका लागि आज अपरान्ह बसेको सचिवलाय बैठकले यो निर्णय गरेको बताए।

बैठकले यसअघि कार्यदलले तयार पारेको प्रतिवेदन अनुमोदन गरेको महासचिव पोखरेलले बताए । कार्यदलका संयोजक रामबहादुर थापा बादलले पेस गरेको प्रतिवेदनलाई सचिवालय बैठकले निचोडमा पुर्‍याएको छ।

उपाध्यक्ष एवम् कार्यदलका संयोजक रामबहादुर थापा बादल र महासचिव शङ्कर पाेखरेलले तयार पारेको प्रतिवेदन संयोजन गरेर एकीकृत प्रतिवेदन बनाइएपछि यसलाई अनुमोदन गरिएको हो।

कार्यदल, सचिवालय बसेसँगै भोलिदेखि बस्ने केन्द्रीय कमिटी बैठकका लागि सबै एजेण्डा तय भएका छन् ।

केन्द्रीय कमिटी बैठकमा पार्टीको समसामयिक राजनीतिक अवस्था, संगठनात्मक विषय तथा आगामी कार्यदिशालगायत विषयमा छलफल हुने जनाइएको छ।