काठमाडौं- नेकपा एमाले केन्द्रीय सचिवालय बैठक अहिले ९ बजे पार्टी केन्द्रीय कार्यलयमा बस्दैछ ।
पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार हिजोबाट सुरु भएको सचिवालयको बैठकको निरन्तरता आज पनि हुने भएको हो । हिजो निर्वाचन समिक्षा कार्यदलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएपछि स्थगित भएको बैठक आज विहान बस्न लागेको हो । बैठकले आजै देखि सुरु हुने पार्टी केन्द्रीय कमिटीको बैठकका एजेण्डा तय गर्नेछ । यसै गरी केन्द्रीय कमिटीको बैठक विहान ११ बजे देखि ललितपुरको भनीमण्डल स्थित रामवाग पार्टी प्यालेसमा सुरु हुदैछ । फागुनमा भएको निर्वाचनपछि पहिलो पटक हुन लागेको केन्द्रीय कमिटीको बैठकमा सबै केन्द्रीय कमिटीका सदस्यहरुलाई बोल्नका लागि समय उपलब्ध गराउने एमालेको तयारी छ ।



प्रतिक्रिया