अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

च्यासलमा एमाले सचिवालय बैठक [तस्बिरहरू]

च्यासलमा एमाले सचिवालय बैठक [तस्बिरहरू]


काठमाडौं-नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ।

पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार हिजोदेखि सुरु भएको सचिवालय बैठकको निरन्तरता स्वरूप आज पुनः बैठक बसेको हो। हिजो निर्वाचन समीक्षा कार्यदलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएपछि बैठक स्थगित गरिएको थियो।

आजको बैठकले पार्टी केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने बताइएको छ। पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीका गतिविधि तथा संगठनसँग सम्बन्धित विषयमा पनि छलफल हुने जनाइएको छ।

एमालेको केन्द्रीय कमिटी बैठक आज बिहान ११ बजेदेखि ललितपुरको भनीमण्डलस्थित रामवाग पार्टी प्यालेसमा बस्दैछ। फागुनमा सम्पन्न निर्वाचनपछि पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटी बैठकमा सबै सदस्यलाई धारणा राख्न समय उपलब्ध गराउने तयारी एमालेले गरेको छ।

सचिवालय बैठकमा पार्टीका शीर्ष नेतासहित केन्द्रीय सचिवालयका सदस्यहरूको सहभागिता रहेको छ।