काठमाडौं-नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। यस्तै चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको हो ।
त्यस्तै, आज सुनको मूल्य १० ग्राममा २ लाख ६० हजार ५ सय ४५ रुपैयाँ कायम भएको छ । हिजो १० ग्राम सुनको मूल्य २ लाख ६१ हजार ६ सय ६० रुपैयाँ थियो ।
चाँदीको मूल्य भने आज प्रतितोला ४ हजार ८ सय ५ रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला ४ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो ।
आज १० ग्राम चाँदीको मूल्य ४ हजार १ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो १० ग्राम चाँदीको मूल्य ४ हजार १ सय १० रुपैयाँ ५० पैसा थियो ।



प्रतिक्रिया