अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवालय बैठकले तय गर्‍यो केन्द्रीय कमिटी बैठकका ५ एजेण्डा

एमाले सचिवालय बैठकले तय गर्‍यो केन्द्रीय कमिटी बैठकका ५ एजेण्डा


काठमाडौं-नेकपा एमाले सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका लागि पाँचवटा एजेण्डा तय गरेको छ।

पार्टी मुख्यालय च्यासलमा सोमबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

उनका अनुसार केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको मन्तव्य, अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमा छलफल गर्ने लगायतका विषय एजेण्डामा समेटिएका छन्। विभिन्न कमिटीमा सदस्य मनोनयन गर्ने विषय पनि एजेण्डामा रहेको उनले बताए।

यस्तै, सचिवालय बैठकले एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्जागरणसम्बन्धी एकीकृत प्रतिवेदनसमेत पारित गरेको छ।

कार्यदल प्रतिवेदनका आधारमा अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा राजनीतिक प्रतिवेदन पेश गर्नेछन् ।