अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कमिटी बैठकका लागि भनिमण्डल पुगे अध्यक्ष ओली [तस्बिरहरु]

एमाले केन्द्रीय कमिटी बैठकका लागि भनिमण्डल पुगे अध्यक्ष ओली [तस्बिरहरु]


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली केन्द्रीय समिति बैठकका लागि ललितपुरस्थित रामबाघ पार्टी प्यालेसमा पुगेका छन्। अध्यक्ष ओली केहीबेर अघि पार्टी प्यालेसमा पुगेका हुन्।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक केही बेरमा सुरु हुँदैछ। बैठकमा सहभागी हुने अन्य नेताहरु पनि पार्टी प्यालेसमा पुग्दैछन् । बैठकमा पार्टीका समसामयिक राजनीतिक विषय, संगठनात्मक गतिविधि तथा आगामी कार्यदिशालगायत विषयमा छलफल हुने बताइएको छ।

यसअघि एमाले केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका लागि विभिन्न एजेण्डा तय गरेको थियो। बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमा छलफल हुने कार्यसूचीसमेत रहेको छ।