अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनता भ्रममा छन्, ती भ्रम चिरेर अघि बढ्नुपर्छ: अध्यक्ष ओली

जनता भ्रममा छन्, ती भ्रम चिरेर अघि बढ्नुपर्छ: अध्यक्ष ओली


 काठमाडौं-नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनतामा पार्टीविरुद्ध छरिएका भ्रमहरूलाई चिरेर अघि बढ्नुपर्ने बताएका छन्। सोमबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विरोधीहरूले फैलाएको भ्रम र कुप्रचारको पछि नलाग्न पार्टी पंक्तिलाई सचेत गराएका हुन्।

अध्यक्ष ओलीले जनता एमालेविरुद्ध केही अलमलिएको र भ्रममा परेको उल्लेख गर्दै भने, ‘जनता हामीबाट अलिकति भ्रममा परेका छन्, अलमलिएका छन्। यी भ्रमहरूलाई हामीले चिरेर जानुपर्छ। जे भ्रम छरिन्छन्, त्यसकै पछि कुद्ने र कुप्रचारलाई मलजल गर्ने काम हाम्रो पंक्तिले गर्नु हुँदैन।’ अध्यक्ष ओलीले विरोधीले वाहीवाही गर्यो भन्दैमा पार्टीका नेता-कार्यकर्ता बहकिन नहुने तर्क गरे।

महाधिवेशनले लोकतान्त्रिक ढंगले नीति, विचार र नेतृत्व चयन गरिसकेकाले कसैले पनि अराजकता फैलाउन नपाउने अध्यक्ष ओलीले स्पष्ट पारे।