काठमाडौं-नेकपा (एमाले)को सोमबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा नौ वटा एजेन्डामाथि छलफल हुने भएको छ।
पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटीमा मनोनयन, विभाग गठन, पोलिटब्युरो गठन, स्थायी कमिटी गठन, सल्लाहकार परिषद् गठन, ज्येष्ठ कम्युनिस्ट मञ्च गठन, अनुशासन आयोग गठन तथा समसामयिक प्रस्ताव पारित गर्ने एजेन्डा तय गरिएको छ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। उक्त प्रतिवेदनमाथि मंगलबार र बुधबार दुई दिनसम्म विस्तृत छलफल हुने कार्यक्रम रहेको छ। छलफलका क्रममा प्रत्येक केन्द्रीय सदस्यलाई बोल्न तीन मिनेटको समय निर्धारण गरिएको छ।
त्यस्तै, बैठकको माइन्युट लेखनको जिम्मेवारी उपाध्यक्ष विष्णुप्रसाद पौडेल, गोकर्ण विष्ट र महासचिव शंकर पोखरेललाई दिइएको छ।
बैठकमा उठेका धारणा तथा सुझावको बहस नोट तयार गर्ने जिम्मेवारी उपमहासचिव योगेश भट्टराई, सचिव पद्मा अर्याल तथा केन्द्रीय सदस्यहरू सूर्य थापा, नीरज आचार्य र खिमलाल भट्टराईलाई दिइएको छ।
एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकबाट पार्टी संगठन विस्तार, नेतृत्व संरचना निर्माण तथा समसामयिक राजनीतिक विषयमा महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।
यस्ता छन् बैठकका एजेन्डाहरू
१. अध्यक्षकाे प्रतिवेन पेस
२. केन्द्रीय कमिटीमा मनाेनीत
३. विभागहरूकाे गठन
४. पाेलिटब्युराे गठन
५. स्थायी समिति गठन
६. सल्लाहकार परिषद् गठन
७. जेष्ठ कम्युनिस्ट मञ्च गठन
८. अनुशासन आयाेग गठन



प्रतिक्रिया