अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित


काठमाडौं– प्रतिनिधिसभाले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ सर्वसम्मत रूपमा पारित गरेको छ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित उक्त विधेयक सर्वसम्मत रूपमा पारित गरेको सभामुख डोलप्रसाद अर्यालले घोषणा गरेका हुन्।

विधेयकमाथि समितिको प्रतिवेदन सम्बन्धमा सांसदहरूले उठाएका जिज्ञासा र धारणा तथा सुझावको जवाफ प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले दिएकी थिइन्।

विधेयक पारित भएसँगै सभामुख अर्यालले प्रतिनिधिसभाको अर्को बैठक मङ्गलवार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका छन्।