काठमाडौं-काठमाडौं महानगरपालिका–१२, टेकुस्थित फोहोरमैला सङ्कलन केन्द्र नजिकै रहेको एक प्लास्टिक गोदाममा आगलागी भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी सूर्यबहादुर थापाका अनुसार फोहोरमैला सङ्कलन केन्द्र नजिक रहेको प्लास्टिक गोदाममा आगलागी भएको हो।
आगलागी नियन्त्रणका लागि दमकल, नेपाल प्रहरी तथा स्थानीयवासी परिचालन भएका छन्। घटनास्थलमा दुई वटा दमकल पुगेका छन् भने आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
आगलागीबाट भएको क्षति तथा आगलागीको कारणबारे भने विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया