अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी, वागतमी,गण्डकी र लुम्बिनीका केही स्थानमा आज भारी वर्षाको सम्भावना

कोशी, वागतमी,गण्डकी र लुम्बिनीका केही स्थानमा आज भारी वर्षाको सम्भावना


काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ ।

साथै उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल मध्यपूर्व बंगालको खाडीमा रहेको र उक्त प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम उत्तरपश्चिम दिशा तिर सर्ने महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार आज देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू(भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

कोसी र वाग्मती प्रदेशका तराई भूभागको थोरै स्थानमा, मधेस प्रदेश तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक,दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।