अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो: शंकर पोखरेल

अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो: शंकर पोखरेल


काठमाडौं-नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने प्रयास गरेको भन्ने बुझाइ गलत भएको बताएका छन्।

ललितपुरमा जारी पार्टीको तेस्रो केन्द्रीय कमिटीको बैठकको दोस्रो दिन बोल्दै महासचिव पोखरेलले पार्टी पुनर्गठन र ‘कोर्स करेक्सन’ सम्बन्धी सुझावलाई गलत रूपमा व्याख्या गरिएको बताएका हुन्। बैठकमा उपस्थित एक नेताका अनुसार पोखरेलले अध्यक्ष ओली र आफूबीच फाटो ल्याउने प्रयास भएको दाबी गर्दै त्यसलाई वास्तविकताभन्दा फरक ढंगले प्रस्तुत गरिएको बताए।

महासचिव पोखरेललाई उद्धृत गर्दै ती नेताले भने, ‘अध्यक्षले मैले हटाउन खोजेको रूपमा बुझ्नुभएछ। कार्यदलमा आएको सुझावका आधारमा अब सबैजना कोर्स करेक्सनमा जानुपर्छ भनेका हौँ। उहाँ र मेरो बीचमा फाटो ल्याउन खोजियो, दूरी बढाइयो।’

एमाले केन्द्रीय कमिटी बैठकको अध्यक्षता अध्यक्ष ओली स्वयंले गरिरहेका छन्। बैठकको सुरुआतमा उनले पदाधिकारीहरूलाई धारणा राख्न समय दिएका थिए। प्रत्येक पदाधिकारीलाई १५ मिनेट समय छुट्याइए पनि उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेलले मात्रै आफ्नो धारणा राखेका छन्।

हाल बैठकमा केन्द्रीय सदस्यहरूले वर्णानुक्रमअनुसार बोलिरहेका छन्। केन्द्रीय सदस्यहरूलाई आफ्ना धारणा राख्न तीन–तीन मिनेट समय निर्धारण गरिएको छ।