अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपाको केन्द्रीय संयोजन समितिको बैठक जारी

नेकपाको केन्द्रीय संयोजन समितिको बैठक जारी


काठमाडौं-नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय संयोजन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी रहेको छ।

बैठकमा विशेषगरी रसुवामा आएको बाढीपहिरोपछिको पछिल्लो अवस्था, विपद् व्यवस्थापनमा सरकारका कामकारबाही, राहत तथा पुनर्स्थापनाका लागि आवश्यक पहल तथा सरकारलाई दिनुपर्ने सुझावबारे छलफल भइरहेको छ।

नेकपाका नेताहरूले विपद्पछिको उद्धार, राहत वितरण, पुनर्स्थापना तथा प्रभावित नागरिकको जीवनयापन सहज बनाउन राज्यले खेल्नुपर्ने भूमिकाका विषयमा धारणा राखिरहेका छन्। साथै, विपद्का बेला पार्टीले निर्वाह गरेको भूमिका र आगामी दिनमा गर्नुपर्ने कामका बारेमा समेत समीक्षा भइरहेको बताइएको छ।

बैठकमा पार्टीका आन्तरिक संगठनात्मक विषय, संगठन सुदृढीकरणका योजना तथा पछिल्लो राष्ट्रिय राजनीतिक घटनाक्रमबारे पनि छलफल जारी रहेको छ। समसामयिक राजनीतिक परिस्थितिमा पार्टीले अवलम्बन गर्ने रणनीति र आगामी कार्यक्रमका विषयमा शीर्ष नेताहरूबीच मन्थन भइरहेको जनाइएको छ।

पार्टीका शीर्ष नेतासहित केन्द्रीय कार्यसंयोजन समितिका सदस्यहरूको सहभागिता रहेको बैठक अझै जारी छ।