अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कम्युनिस्टहरूसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

कम्युनिस्टहरूसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति


काठमाडौं-नेपाली कम्युनिष्ट पार्टीले विभिन्न कम्युनिस्ट घटकहरूसँग पार्टी एकताको पहल गर्न तीन सदस्यीय वार्ता टोली गठन गरेको छ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो।

टोलीमा पार्टीका प्रवक्ता प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठ सदस्य रहेका छन्।

पार्टीका अनुसार वार्ता टोलीलाई विचार मिल्ने कम्युनिस्ट तथा देशभक्त गणतन्त्रवादी राजनीतिक दल र समूहहरूसँग संवाद गरी एकताको सम्भावना खोज्ने जिम्मेवारी दिइएको छ।

बैठकले कम्युनिस्ट आन्दोलनलाई थप सुदृढ बनाउन र समान विचारधाराका राजनीतिक शक्तिहरूबीच सहकार्य तथा एकताको वातावरण निर्माण गर्न पहल गर्ने निर्णयसमेत गरेको जनाएको छ।