अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाँचथरबाट खुकुरी, इन्सास राइफलको गोली र बारुदसहित एक जना पक्राउ

पाँचथरबाट खुकुरी, इन्सास राइफलको गोली र बारुदसहित एक जना पक्राउ


पाँचथर-पाँचथरबाट विभिन्न हतियार तथा विस्फोटक पदार्थजस्तो सामग्रीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार कुम्मायक गाउँपालिका-१ यासोक बजारमा खुकुरी देखाएर धाकधम्की दिइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले फिदिम नगरपालिका–६ सिवा निवासी ३२ वर्षीय सुसन तुम्रोकलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले खोजतलास तथा शरीर खानतलासी गर्ने क्रममा तुम्रोकको साथबाट दापसहितका दुई थान धारिलो हतियार (खुकुरी), इन्सास राइफलको एक थान लाइभ राउन्ड गोली तथा बारुदजस्तो देखिने २७.७१ ग्राम पदार्थ बरामद गरेको जनाएको छ।

बरामद सामग्रीसहित पक्राउ परेका तुम्रोकविरुद्ध जिल्ला अदालत फिदिम, पाँचथरबाट खरखजाना तथा विस्फोटक पदार्थसम्बन्धी कसुरमा पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।