काठमाडौं-प्रतिनिधि सभामा ‘वेटिङ चेयर’को व्यवस्था गरिएको छ। रोस्टममा गएर बोल्नुअघि सांसदहरूलाई तयारीका लागि सहज हुने गरी गरिएको यस व्यवस्थाले बोल्ने समय व्यवस्थापनमा समेत सहयोग पुगेको छ।
‘वेटिङ चेयर’को व्यवस्था भएपछि सांसदहरू आफ्नो पालो आउनुअघि नै रोस्टम नजिकै बसेर तयारी गर्न सक्ने भएका छन्।
यसबाट प्रत्येक सदस्यले रोस्टममा पुगेर बोल्न लाग्ने समयमध्ये औसत ३० सेकेन्डदेखि १ मिनेटसम्म बचत हुने अपेक्षा गरिएको छ।



प्रतिक्रिया