अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान


काठमाडौं-संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र(बालेन) शाह अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाह मंगलबार साँझ कतार एयरवेजमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन्। 

 प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई यही असोज ८ गते (सेप्टेम्बर २४) मा सम्बोधन गर्नेछन् । न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

उनको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्यलगायत छन्।

प्रधानमन्त्री शाह यही असोज १० गते स्वदेश फर्कने कार्यक्रम छ । प्रधानमन्त्री भएपछि शाहको यो पहिलो विदेश भ्रमण हो।