अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कमिटी बैठक: अध्यक्ष ओलीको प्रतिवेदनमाथि ११८ केन्द्रीय सदस्यले धारणा राखे

एमाले केन्द्रीय कमिटी बैठक: अध्यक्ष ओलीको प्रतिवेदनमाथि ११८ केन्द्रीय सदस्यले धारणा राखे


काठमाडौँ-नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिन अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि ११८ जना केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका छन्।

मंगलबार बिहान ९ः३० बजे पार्टी अध्यक्ष ओलीको अध्यक्षतामा सुरु भएको बैठकलाई उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा उनीहरूले पार्टीभित्र सिर्जित भ्रम तथा संशयलाई निस्तेज गर्दै पार्टीलाई थप एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका थिए। त्यसपछि सुरु भएको छलफलमा केन्द्रीय सदस्यहरूले आफ्ना सुझाव र धारणा राखेका थिए। बैठकलाई व्यवस्थित बनाउन प्रत्येक सदस्यका लागि तीन मिनेटको समय निर्धारण गरिएको थियो।

नेतृत्वको सम्बोधनपछि राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूको धारणा राख्ने क्रम सुरु भएको थियो। छलफललाई व्यवस्थित र प्रभावकारी बनाउन प्रत्येक सदस्यका लागि तीन मिनेटको समय निर्धारण गरिएको थियो।

बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीको संगठन, आगामी कार्यदिशा, समसामयिक राजनीतिक परिस्थिति तथा पार्टीलाई थप प्रभावकारी बनाउने विषयमा आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए।

त्यस्तै, पार्टीभित्रको एकता थप मजबुत बनाउने, देशभरका कार्यकर्तामा नयाँ ऊर्जा र उत्साह सञ्चार गर्ने तथा संगठनलाई थप सुदृढ बनाउने विषयमा पनि सदस्यहरूले जोड दिएका थिए।

एमालेका अनुसार आज धारणा राख्ने केन्द्रीय सदस्यहरूमा अइन्द्रसुन्दर नेम्वाङ, अग्नि खरेल, अच्युत मैनाली, डा. अजय क्रान्ति शाक्य, अजयकुमार गुप्ता, अखिलतार ओझा, अमन मास्के, अमर यादव, अशोक ब्याञ्जु, अस्मिता थापा, आनन्द पोखरेल, आरती भण्डारी, आरसी लामिछाने, आशाकुमारी विक, आशारत्न बज्राचार्य, इन्दिरा सञ्जेल, एलिसा गौतम, इन्द्र भण्डारी, उपेन्द्र शाह र उर्मिला सुनुवारलगायत छन्।

बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफल जारी रहेको एमालेले जनाएको छ।