काठमाडौं औ नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ। ललितपुरको भनिमण्डलस्थित रामबाग भवनमा बुधबार बसेको बैठकले केन्द्रीय सदस्यहरूले प्रतिवेदनमाथि राखेका धारणा र सुझाव समेट्दै प्रतिवेदन पारित गरेको हो।
प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जारी गरेको प्रेस विज्ञप्ती अनुसार बैठकमा अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरूले प्रतिवेदनमाथि उठाएका विषयमा स्पष्ट पारेका छन्।
आचार्यका अनुसार बैठकमा उपाध्यक्ष रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्त, उपमहासचिवहरु लेखराज भट्ट, योगेश भट्टराई, रघुवीर महासेठ सचिवहरु छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, शेरधन राई, डा. राजन भट्टराई, हिक्मत कार्की र महेश बस्नेतलले पदाधिकारीले धारणा राखेका थिए।
त्यसैगरी विभिन्न आयोगका अध्यक्ष तथा केन्द्रीय कमिटी सदस्यहरूले पनि बैठकमा आफ्नो धारणा र सुझाव राखेका थिए। बैठकमा नेताहरूले पार्टीको आगामी राजनीतिक कार्यदिशा, संगठन सुदृढीकरण, निर्वाचनको तयारी तथा पछिल्लो राजनीतिक परिस्थितिलगायत विषयमा धारणा राखेका छन्।
एमालेले बैठकमा आज आफ्नो धारणा राख्ने केन्द्रीय सदस्यहरुमा परशुराम बस्नेत, पार्वत गुरुङ, पार्वती रावल, पार्वती बिसुङ्खे, प्रेम तामाङ, प्रेम पराजुली, प्रतीक्षा तिवारी, प्रदीप कटुवाल, प्रदीप ज्ञवाली, प्रभा बराल, प्रभु हजारा, बदमी क्वारा बोहोरा, बालिका गिरी, बिना श्रेष्ठ, विन्दु महर्जन, रमेश बडाल, बोमबहादुर विश्वकर्मा, भगवती चौधरी, भगवती थापा, भगवती न्यौपाने, भागिरथी सिंह, भारती पाठक, डा। भीष्म अधिकारी, भूमि त्रिपाठी, भूमिश्वर ढकाल, भोला पोखरेल, मञ्जु भण्डारी, मञ्जु चालिसे, मन्जु चौधरी, मन्जु गुरुङ, मनकुमारी जि।सी।, मन कुमारी तितुङ ९तारा०, मनोज ताम्ली, मनोज खड्का, मनोहर पौडेल, मो। हारुन हलुवाई, माधव ढुङ्गेल, मानवीर राई, मीनबहादुर शाही, मीना पोखरेल, मीना सिंह रखाल, मुन्नि साह सुडी, मेनका पोखरेल, मोहन माया ढकाल, मोबिन आलम, मोहम्मद समिर, मोहम्मद कैस, यज्ञ बोगटी, यज्ञ सुनुवार, रचना खड्का, रत्न गुरुङ, रविन्द्र अधिकारी, रश्मि आचार्य, राजकुमार लेखी, राज ब। बुढा, राजीव पहारी, राजेन्द्र राई, राजेन्द्र गौतम, राधिका खतिवडा, राम राना, राम कुमार मण्डल, रामरति देवी राम, लालबहादुर थापा, रामशरण बस्नेत, लालबाबु पण्डित, रामेश्वर फुयाल, लिलाधर भट्ट, रामेश्वर राना, लीलानाथ श्रेष्ठ, रुक्मणी राना, ललितबहादुर थापा, रुद्र शाही, रोम नाथ ओली, रौनितत साह, लक्ष्मी क्षेत्री, लखन दास तत्मा, लिलबहादुर थापा, विणादेवी राई, डा। विन्दा पाण्डे, बिना देवी ज्ञवाली, विनोद श्रेष्ठ, विशाल भट्टराई, विष्णु रिजाल, विष्णुमाया विक, शकुन्तला श्रेष्ठ, साजिदा सिद्दिकी, शान्ता चौधरी, शान्तिदेवी ढकाल, शिल्पा कार्की, शिव कुमारी चौधरी, सरस्वती चिदी, शेरबहादुर तामाङ, शोभा ज्ञवाली, विषमलाल अधिकारी दनुवार, सोभियत ढकाल, श्याम बस्नेत, सकुन्तला लेप्चा, सञ्जय थापा, सन्न्तना दाहाल, सन्तोष कुमारी शर्मा थापा, समिक बडाल, सम्राट गौचन, सरिता गिरी, सरिता भुसाल, सरिता भुसाल खनाल, सरोज कुमार यादव, सबिता यादव, सहदेव बोगटी, सावित्रा राना, सिता सिग्देल, सिता लामा, सिता सुन्दास, सिता सुवेदी, सुजिता शाक्य, सुनिता बराल, सूर्य कुमारी श्रेष्ठ, सूर्य ढकाल, सूर्य पाठक, सूर्य थापा, सुशिला नेपाल, सुशिल थापा, सुहाङ नेम्वाङ, हरिकृष्ण व्यन्जनकार, हरिकृष्ण श्रेष्ठ, हरिनारायण महतो, हरिप्रसाद उप्रेती, हस्त पण्डित, होमबहादुर थापा, हेमराज राई, क्षितिज थेवे, ज्ञानु केसी, महेश बर्तौला, झपट बोहोरा, रामकुमारी झाँक्री, घनश्याम खतिवडा, चन्द्रेश्वर मण्डल, नवराज शर्मा, राधाकृष्ण कँडेल, गुलावजङ्ग शाह, कृष्णप्रसाद जैसी, नारायण सिलवाल, अशोक ठकुरीलगायतले आ(आफ्नो धारणा राख्नुभयो ।
केन्द्रीय कमिटीको जारी बैठक भोलि १२.३० वजे भनिमण्डलस्थित रामबाग भवनमा बस्ने छ । त्यस अघि पार्टी केन्द्रीय सचिवालको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा विहान १० वजे बस्ने भएको छ ।
केन्द्रीय कमिटीको बैठक बिहीबार दिउँसो १२ः३० बजे रामबाग भवनमै बस्ने एमालेले जनाएको छ। त्यसअघि बिहान १० बजे पार्टी केन्द्रीय सचिवालयको बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने आचार्यले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।



प्रतिक्रिया