अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विमानस्थलबाट ५३५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

विमानस्थलबाट ५३५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ


काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ५३५ ग्राम सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको केरला स्थायी ठेगाना भएका मोहम्मद चेरा थोडी रहेका छन्। उनी फ्लाई दुबईको उडान नम्बर FZ573 मार्फत बिहीबार काठमाडौं आएका थिए।

विमानस्थलमा चेकजाँचका क्रममा उनको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले थप जाँच गरेको थियो। त्यस क्रममा उनले लगाएको भित्री वस्त्रभित्र प्लास्टिकमा पोको पारेर लुकाइएको अवस्थामा ५३५ ग्राम पहेँलो धातु (सुन) बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद सुन भन्सार छली गरी अवैध रूपमा नेपाल ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।