काठमाडौँ-प्रतिकूल मौसमका कारण देशका विभिन्न गन्तव्यतर्फ हुने हवाई उडान प्रभावित भएका छन्। निरन्तर भइरहेको वर्षा तथा धुम्म वातावरणका कारण भिजिबिलिटी (दृश्यता) कम हुँदा उडान तथा अवतरणमा समस्या भएको हो।
मौसम प्रतिकूल बनेपछि पोखरा, भरतपुर र तुम्लिङटारतर्फका उडान प्रभावित भएका छन्। ती गन्तव्यमा निर्धारित उडान हुन नसक्दा यात्रुहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका छन्।
उडान प्रभावित भएपछि विमानस्थलमा यात्रुको चाप बढेको छ। विभिन्न एयरलाइन्सका यात्रुहरू उडान खुल्ने प्रतीक्षामा विमानस्थलमै बस्न बाध्य भएका छन्।
सम्बन्धित विमान कम्पनीहरूले मौसमको अवस्था हेरेर उडान सञ्चालन गर्ने तयारी गरिरहेका छन्। मौसममा सुधार आएपछि मात्रै प्रभावित गन्तव्यतर्फका उडान नियमित हुने जनाइएको छ।






प्रतिक्रिया