अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नारायणगढ-मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द

नारायणगढ-मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द


काठमाडौं-लगातारको वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्न थालेपछि नारायणगढ-मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार बिहान ७ः१५ बजे सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाएको हो।

प्रशासनका अनुसार यही असोज ८ गतेदेखि चितवन जिल्ला तथा आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा लगातार पहिरो खसिरहेको र सडकमा खसेको पहिरो हटाउने कार्य जारी रहेकाले तत्काल सवारी सञ्चालन गर्न सम्भव नभएको प्रशासनले जनाएको छ।

अर्को सूचना जारी नभएसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द रहने प्रशासनले स्पष्ट पारेको छ।

सडकको अवस्था प्रतिकूल रहेकाले यात्रु तथा चालकलाई आवश्यक सतर्कता अपनाउन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ।