काठमाडौं-सहसचिव आभा कर्ण सचिवमा बढुवा भएकी छिन्। आज बसेको मन्त्रिवरीषद् बैठकले प्रशासनतर्फ कर्णलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
यसअघि बढुवा समितिले कर्णसँगै चक्रबहादुर बुढा र जयनारायण आचार्यको नाम पनि सिफारिस गरेको थियो ।
आभा मधेश प्रदेश, चक्र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय र जयनारायण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत थिइन्।



प्रतिक्रिया