अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी मन्त्रिपरिषद् बैठक : योजना आयोगमा खतिवडा र राई नियुक्त

कोशी मन्त्रिपरिषद् बैठक : योजना आयोगमा खतिवडा र राई नियुक्त


विराटनगर-कोशी प्रदेश सरकारले प्रदेश योजना आयोगमा दुई सदस्य नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विराटनगर-३ निवासी तोयानाथ खतिवडा ‘रुपेश’ र खोटाङकी हरिकुमारी राईलाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो।

प्रदेश सरकारका प्रवक्ता गोम्बु शेर्पाका अनुसार बैठकले मुख्यमन्त्री सम्मेलनको मिति पनि सारेको छ। यसअघि असोज २२ र २३ गते गर्ने निर्णय भएको सम्मेलन अब असोज २७ र २८ गते आयोजना गरिने भएको छ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई प्रदेश गौरवको आयोजनाका रूपमा निर्माण गर्ने निर्णय गरेको छ।

प्रदेश सरकारले रंगशालालाई प्रदेशको गौरवको आयोजनाका रूपमा अघि बढाउने निर्णय गरेको हो।