काठमाडौं-देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षाको सम्भाना रहेको हो ।
नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी क्षेत्रमा तथा देशका तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
कोसी र वाग्मती प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा मध्यमसम्मको तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
विभागले राति कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ ।
देशका तराई भूभागमा आंशिक बादल रही हुस्सु लाग्नेछ । कोसी प्रदेशको हिमाली र पहाडी भूभागका एकदुई स्थानमा तथा वाग्मती र गण्डकी प्रदेशको पहाडी क्षेत्रको एकदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।



प्रतिक्रिया