कास्की-खराब मौसमका कारण दुबईबाट पोखरा आएको फ्लाई दुबईको जहाज भारतको लखनउतर्फ डाइभर्ट भएको छ।
शनिबार साँझ पोखरामा हावाहुरीसहित वर्षा भएपछि विमानस्थल आसपासको मौसम प्रतिकूल बनेको थियो । निर्धारित समयअनुसार साँझ ६ बजेर १५ मिनेटमा पोखरा विमानस्थलमा अवतरण गर्ने तालिका रहेको जहाजले खराब मौसमका कारण अवतरण गर्न सकेन।
पोखराको आकाशमा केही समय होल्ड गरेको विमानले करिब पाँच राउण्ड लगाएपछि पनि मौसममा तत्काल सुधार नआएपछि लखनउतर्फ डाइभर्ट भएको पोखरा विमानस्थलले जनाएको छ ।
विमानस्थलका अनुसार मौसममा सुधार आएपछि फ्लाई दुबईको उक्त जहाज पुनः पोखरा फर्किने तयारीमा रहेको छ । खराब मौसमका कारण विमानको उडान तथा अवतरण प्रभावित भएको हो ।



प्रतिक्रिया