काठमाडौं-नेकपा (एमाले)ले स्थायी कमिटीको पहिलो बैठक बिहीबार बस्ने भएको छ। पार्टीको स्थायी कमिटी गठन भएपछि पहिलोपटक बैठक बस्न लागेको हो।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार बैठक बिहीबार दिउँसो १ बजे पार्टी मुख्यालय च्यासलमा बस्नेछ।
गत असोज ५ देखि ८ गतेसम्म बसेको एमाले केन्द्रीय कमिटी बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित र थममाया थापालाई स्थायी कमिटी सदस्य चयन गरेको थियो।
पहिलो स्थायी कमिटी बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, पार्टीको आगामी कार्यदिशा तथा संगठनात्मक विषयमा छलफल हुने बताइएको छ। बैठकमा आगामी स्थानीय तह निर्वाचनको तयारी र निर्वाचन केन्द्रित पार्टी गतिविधिबारे समेत छलफल हुने एमाले स्रोतले जनाएको छ।
यससँगै नयाँ स्थायी कमिटीले पार्टीको राजनीतिक तथा सांगठनिक गतिविधिलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल गर्ने अपेक्षा गरिएको छ।



प्रतिक्रिया