अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाली बजारमा LG Water Purifier को लोकप्रियता बढ्दै, बिक्रीमा उत्साहजनक सुरुवात

नेपाली बजारमा LG Water Purifier को लोकप्रियता बढ्दै, बिक्रीमा उत्साहजनक सुरुवात


काठमाडौं-नेपाली बजारमा सार्वजनिक भएको एक महिना नबित्दै LG Water Purifier ले उपभोक्तामाझ लोकप्रियता हासिल गर्न थालेको छ। उन्नत पानी शुद्धीकरण प्रविधि, गुणस्तरीय स्टेनलेस स्टिल ट्याङ्की र निःशुल्क मर्मतसम्भार सुविधासहित बजारमा आएको यस उत्पादनले उत्साहजनक बिक्री हासिल गरेको कम्पनीले जनाएको छ।

LG Water Purifier मा सेडिमेन्ट फिल्ट्रेसन, एन्टी-स्केलेन्ट ट्रिटमेन्ट, कार्बन फिल्ट्रेसन, रिभर्स अस्मोसिस (RO) तथा मिनरल बुस्टर/पोस्ट-कार्बन फिल्ट्रेसनसहितको बहुचरणीय पानी शुद्धीकरण प्रणाली रहेको छ। यस प्रविधिले पानीमा रहेका विभिन्न अशुद्धता हटाउन सहयोग गर्छ।

यसमा रहेको आठ लिटर क्षमताको ट्याङ्कीले परिवारको दैनिक आवश्यकताका लागि शुद्ध पानी भण्डारण गर्न सुविधा प्रदान गर्छ। त्यस्तै, एयरटाइट ट्याङ्की कभर र लकिङ सिस्टमले बाहिरी धुलो तथा दूषित पदार्थ ट्याङ्कीभित्र प्रवेश गर्नबाट रोक्न मद्दत गर्ने कम्पनीको भनाइ छ।

उत्पादनको अर्को विशेषता ‘टु फ्रि मेन्टेनेन्स’ सुविधा हो। यसअन्तर्गत पहिलो वर्षमा दुई पटक निःशुल्क निर्धारित तथा स्वचालित सर्भिस भिजिट, दुई पटक कन्ट्याक्टलेस मर्मतसम्भारसहित डिजिटल स्टेरिलाइजेसन केयर र दुई पटक बाहिरी सेडिमेन्ट फिल्टर उपलब्ध गराइनेछ। उत्पादनसँगै खरिदपछिको सेवामा समेत जोड दिइएको यस सुविधाले ग्राहकलाई थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।

दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कम्पनीले आकर्षक चाडपर्व अफर र शून्य प्रतिशत ईएमआई किस्ताबन्दी सुविधा पनि उपलब्ध गराएको छ। उन्नत प्रविधि, पानी भण्डारण क्षमता र मर्मतसम्भार सुविधासँगै चाडपर्वको अफरले उत्पादनलाई उपभोक्तामाझ थप आकर्षक बनाउने कम्पनीको अपेक्षा छ।

CG Electronics बारे

CG Electronics, CG Corp Global अन्तर्गतको प्रमुख उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनी हो। यो नेपालमा LG उत्पादनहरूको आधिकारिक राष्ट्रिय वितरक हो। LG Electronics Singapore सँगको चार दशकभन्दा लामो साझेदारीमार्फत कम्पनीले नेपाली बजारमा LG ब्रान्डका उत्पादनको विस्तारमा योगदान पुर्‍याउँदै आएको छ।

LG Electronics Inc. बारे

LG Electronics Inc. विश्वव्यापी प्रविधि तथा उपभोक्ता इलेक्ट्रोनिक्स क्षेत्रमा कार्यरत कम्पनी हो। यसले घरेलु उपकरण, होम इन्टरटेनमेन्ट तथा एयर सोलुसन्सलगायतका क्षेत्रमा नवीन प्रविधि, ऊर्जा दक्षता र मानवकेन्द्रित डिजाइनमा आधारित उत्पादन तथा समाधान उपलब्ध गराउँदै आएको छ।