काठमाडौं-प्रधानमन्त्री बालेन्द्र साह (बालेन) को भारत भ्रमणमा सहभागी हुने मन्त्रीको संख्या घटाइएको छ। आगामी ६ र ७ मंसिरमा हुने भ्रमणमा सुरुमा चार जना मन्त्री सहभागी हुने तय भए पनि अब दुई जना मात्रै जाने भएका छन्।
सुरुमा प्रधानमन्त्री साहसँग अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, पूर्वाधार विकासमन्त्री सुनील लम्साल र पर्यटनमन्त्री खडकराज पौडेल (गनेस) भारत जाने चर्चा थियो। तर, बुधबार भ्रमण टोलीबाट दुई मन्त्रीको नाम हटाइएको स्रोतले जनाएको छ ।
अब प्रधानमन्त्री साहसँग परराष्ट्रमन्त्री शिशिर खनाल र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ मात्रै भारत भ्रमणमा सहभागी हुने तय भएको बताइएको छ।
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई देशबीच हवाई रुट तथा जलविद्युत् क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण सम्झौता हुने बताइएको छ। भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।



प्रतिक्रिया