काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री वालेन्द्र शाहले भेटवार्ता गरेका छन्। राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार अपराह्न राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेटवार्ता भएको हो।
भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले हालै सम्पन्न भारतको राजकीय भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन्।
भेटमा प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा भएका छलफल, सहमति तथा उपलब्धिबारे राष्ट्रपतिलाई जानकारी गराएको बताइएको छ।
त्यसैगरी, प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलबीच अन्य समसामयिक विषयमा समेत छलफल भएको छ।



प्रतिक्रिया