अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माघ २८ गते प्रचण्ड-माधव समूहले उपत्यकामा बृहत शक्ति प्रदर्शन गर्ने

माघ २८ गते प्रचण्ड-माधव समूहले उपत्यकामा बृहत शक्ति प्रदर्शन गर्ने

appharu
46
Shares

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहले यही माघ २८ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने भएको छ।

अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल “प्रचण्ड”ले आइतबार भिडिओ सन्देश जारी गर्दै प्रतिनिधि सभा विघटनका विपक्षमा, प्रतिगमनका षड्यन्त्रलाई परास्त गर्न लागि विरोध सभाको आयोजना गरिएको भन्दै सहभागिताका लागि आग्रह गरेका हुन्।

प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी कदमलाई परास्त गरेर संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने आफूहरुको अभियानमा साथ दिन भिडिओमा प्रचण्ड–नेपालले आग्रह गरेका छन्।

अध्यक्षद्वयले विगत कमजोरी सुधार गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। ‘हामी विगतमा भएका आफ्ना कमिकमजोरीहरुको आत्मसमीक्षा गर्छौं। हुन गएका कमीकमजोरीको सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौ’, भिडिओमा भनेका छन्।