अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महिला हिंसा नियन्त्रणमा सरकार संवेदनशील छ : गृहमन्त्री थापा

महिला हिंसा नियन्त्रणमा सरकार संवेदनशील छ : गृहमन्त्री थापा


काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले सबै प्रकारका महिला हिंसाका घटना नियन्त्रण गर्न सरकार संवेदनशील रहेको बताएका छन् । ‘त्यस्ता जघन्य घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन मन्त्रालय प्रतिबद्ध छ,’ गृहमन्त्री थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बैतडीकी भागरथी भट्टको हत्यामा संलग्न अभियुक्त कानुनी कारवाहीको दायरामा आइसकेको छ ।’

मन्त्री थापाले संवेदनशील रहेको यस घटनाको सफल अनुसन्धान गर्दै अभियुक्त पक्राउ गर्न सफल नेपाल प्रहरीसहितको समूहलाई धन्यवाद पनि दिएका छन् ।

यसअघि गृहमन्त्री थापाले मङ्गलबार मात्रै उक्त घटनाको दोषी नजिक प्रहरी पुगिसकेको सार्वजनिक गरेका थिए । बैतडीकी भागरथी भट्टको बलात्कार तथा हत्या गरेको आरोपमा पक्राउ परेका १६ वर्षका किशोरलाई पाँच दिन म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।