अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्पेनिस ला लिगा : लेभान्टेसँग बराबरीमा रोकियो एटलेटिको मड्रिड

स्पेनिस ला लिगा : लेभान्टेसँग बराबरीमा रोकियो एटलेटिको मड्रिड


काठमाडौं- स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको एटलेटिको मड्रिड लेभान्टेसँग बराबरीमा रोकिएको छ । एटलेटिको बराबरीमा रोकिएसँगै दोस्रो स्थानको रियल मड्रिड र तेस्रो स्थानको बार्सिलोनाले नजिकको चुनौती सामना गर्न पाउने भएको छ ।

लेभान्टेले इनिस बार्दीको पहिलो हाफको गोलमा एटलेटिको मड्रिडमाथि अग्रता बनाउन सफल भयो । बार्दीले १७ औं मिनेटमा गोल गर्नुभयो । जर्ज डे फ्रुटोसको प्रहारलाई उहाँले गोलको दिशा दिनुभयो । तर, एटलेटिकोले लेभान्टेको उक्त अग्रतालाई लामो समयसम्म टिक्न दिएन ।

हाफ टाइम आउन केही मिनेट मात्रै बाँकी रहँदा एटलेटिकोले मार्कस लोरेन्टेको गोलमा बराबरी फर्कायो । लोरेन्टेले ३७ औं मिनेटमा गोल गर्दा खेल १–१ को बराबरीमा आयो । दोस्रो हाफमा कुनै टोलिले गोल थप्न सकेनन ।

पछिल्लो तीन खेलमा दोस्रो पटक बराबरी खेलेको एटलेटिको दोस्रो स्थानको रियलभन्दा छ अङ्कको अग्रता कायम गर्दै ५५ अङ्क जोडेको छ । तेस्रो स्थानको बार्सिलोनाको ४६ अंक छ ।