अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लगातार १२औँ जितपछि म्यान्चेष्टर सिटीलाई १० अंकको अग्रता

लगातार १२औँ जितपछि म्यान्चेष्टर सिटीलाई १० अंकको अग्रता


काठमाडौं- म्यान्चेष्टर सिटी इंग्लिश प्रिमियर लिगमा १० अंकको स्पष्ट अग्रता कायम गरेको छ । लिग अन्तर्गत गएराति सम्पन्न खेलमा सिटीले इभर्टनलाई ३-१ ले हरायो । जितसँगै म्यान्चेष्टर सिटीको उपाधि जित्ने अभियान सहज बन्दै गएको छ ।

पहिलो हाफ १-१ को बराबरीमा सम्पन्न भए पनि म्यान्चेष्टर सिटीले दोस्रो हाफमा थप दुई गोल गर्दै इभर्टनमाथि सहज जित हात पार्यो । फिल फोडेनले ३२ औं मिनेटमा गोल गर्दै म्यान्चेष्टर सिटीलाई १-० को अग्रता दिलाउनुभयो । तर, सिटीले उक्त अग्रता लामो समयसम्म जोगाउन सकेनन । ३७ औं मिनेटमा रिचर्लिसनले बराबरी गोल फर्काउँदै खेल १-१ को स्थितिमा ल्याउनुभयो ।

रियाद महरेजले १८ गज बाहिरबाट गर्नुभएको प्रहार गोलको दिशा लिएपछि सिटीले पुनः अग्रता कायम गर्यो । ७७ औं मिनेटमा बर्नाडो सिल्भाले पिकफोर्डलाई छिचोल्दै गर्नुभएको प्रहार गोलमा परिणत भएपछि सिटीले इभर्टनमाथि ३-१ को जित सुनिश्चित गर्‍यो ।

सिटीले २४ खेलबाट ५६ अङ्क जोड्दै अङ्कतालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानको म्यान्चेष्टर यूनाइटेड र तेस्रो स्थानको लेष्टरको सामाने ४६ अङ्क छ । चेल्सी र वेष्टहमले सामान ४२ अङ्क जोडेर चौथो र पाँचौं स्थानमा हुँदा लिभरपुर छैठौं स्थानमा झरेको छ ।

गत् डिसेम्बर महिनामा एकपछि अर्को खेलाडी कोरोना सङ्क्रमित भएपछि म्यान्चेष्टर सिटीको खेल स्थगित गर्नुपरेको थियो । डिसेम्बर अन्तिम साता सिटी तत्काल शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा छ अंक कम हुँदा ताकिलाको छैठौं स्थानमा थियो । तर अब भने सिटीले अङ्क अन्तरलाई दोब्बर बनाउँदै शीर्ष स्थानमा उक्लेको छ ।