अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

च्याम्पियन्स लिग : एफ सी पोर्टोसँग हार्‍यो युभेन्ट्स

च्याम्पियन्स लिग : एफ सी पोर्टोसँग हार्‍यो युभेन्ट्स


काठमाडौं- एफ सी पोर्टोले च्याम्पियन्स लिगअन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा युभेन्ट्सलाई हराएको छ । पोर्टोले युभेन्ट्सलाई २-१ को गोल अन्तरले हराएको हो ।

युभेन्ट्समाथि जित हात पार्ने क्रममा पोर्टोले पहिलो र दोस्रो हाफको पहिलो मिनेटमा गोल गर्‍यो । मेहदी तारेमीको पहिलो प्रयास विफल भएको ६३ औं सेकेण्डमा नै उहाँले दोस्रो प्रयासमा गोल गर्दै पोर्टोलाई १-० को अग्रता दिलाउनुभयो । दोस्रो हाफ सुरु भएको १९ सेकेण्डमै मौसा मरेगाले गोल थप्दै पोर्टोको युभेन्ट्समाथि २-० को अग्रता दिलाउनुभयो ।

दोस्रो हाफको उत्तराद्र्धसम्म गोलविहीन बन्न पुगेको युभेन्ट्सका लागि फेड्रिको सेसाले ८२ औं मिनेट गोल फर्काएर खेल २-१ को स्थितिमा ल्याउनुभयो । तर, त्यत्तिबेलासम्म युभेन्ट्सले खेलमा फर्किन ढिला गरिसकेको थियो ।

युभेन्ट्सले पछिल्लो नौ संस्करणको उपाधि जित्दै इटाली सिरी ए मा आफ्नो प्रभुत्व कायम राख्दै आएकोमा पहिलो लेगमा हारले ऊ स्तब्ध भएको छ ।