अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आईपीएल अक्सनबाट मार्क उडले लिए नाम फिर्ता

आईपीएल अक्सनबाट मार्क उडले लिए नाम फिर्ता


काठमाडौं- इंग्ल्याण्डका तीव्र गतिका बलर मार्क उड इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करणबाट नाम फिर्ता लिनु हुने भएको छ । आईपीएलको आगामी संस्करणको खेलाडी अक्सन बिहीबार चेन्नईमा हुँदैछ ।

भारतविरुद्धको पहिलो दुई टेष्ट खेल गुमाउनुभएका ३१ वर्षीय मार्क उडले अन्तिम दुई टेष्टका लागि हालै टोलीमा पुनरागमन गर्नुभएको छ । कुनै फ्रेञ्चाइजले उहाँलाई खरिद गरेको अवस्थामा उहाँ जुन महिनासम्म इंग्ल्याण्डका लागि खेल्न असमर्थ हुनुहुन्थ्यो ।

इंग्ल्याण्डबाट प्रिमियर लिगमा १६ जना खेलाडी निलामी प्रकृयामा सहभागी हुँदैछन् । अन्य आठ खेलाडीलाई फ्रेञ्चाइजले कायम राखेका छन् । इंग्ल्याण्डले खेलाडीहरुलाई एकान्तर भ्रमण गराउँदै आएको छ ।

श्रीलङ्का भ्रमण गरेको कतिपय खेलाडी भारत भ्रमणमा छैनन् । बेन स्टोक्स, जोफ्रा आर्चर, जोस बटलर, साम करन र जोनी बेयरिस्टो आईपीएलको पछिल्लो संस्करणमा सहभागी हुनुभएको थियो । र यसपटक पनि अप्रिलदेखि जुन महिनासम्म हुने प्रिमियर लिगमा सहभागी हुनेछन् ।

भारत विरुद्धको अन्तिम दुई टेष्ट नखेलेर घर फिर्ता हुन लागेका मोइन अलि भने आईपीएलको निलामी प्रकृयामा सहभागी हुनुहुनेछ । मार्क ऊड आईपीएल नखेल्ने भएपछि उहाँ न्युजिल्याण्ड विरुद्धको तीन म्याचको टेष्ट श्रृखंलाका लागि उपलब्ध हुनुहुनेछ ।