अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेठबाट विद्युत् उत्पादन गर्दै लमजुङको न्यादी आयोजना

जेठबाट विद्युत् उत्पादन गर्दै लमजुङको न्यादी आयोजना


लमजुङ- निर्माणाधीन ३० मेगावाट क्षमताको न्यादी आयोजनाले आगामी जेठबाट विद्युत् उत्पादन गर्ने भएको छ । मस्र्याङ्दी गाउँपालिका-६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्शन एण्ड इन्स्टलेसन कम्पनीद्वारा निर्माण गरिरहेको सो आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

आगामी जेठभित्रमा सबै निर्माण सकेर बिद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाका सिनियार इञ्जिनीयर विवेक कारान्जितले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हालसम्म ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको र बाँकी सम्पन्न गर्नुपर्ने कार्य पनि अन्तिम अन्तिम चरणमा पुगेको छ । हालसम्म टनेल, पेनस्टक पाइप लाइनको काम, सुरुङको सबै काम सम्पन्न भइसकेको उहाँको भनाइ छ ।’ बाँधस्थलको पनि ९९ प्रतिशत काम सम्पन्न भइसकेको छ । बाँधस्थलमा एउटा गेट मात्र राख्न बाँकी रहेको छ ।

पावर हाउसको अधिकांश काम सम्पन्न भइसकेको र उपकरण जडान अघि बढिरहेको आयोजनाले जनाएको छ । पावर हाउसमा दुई उपकरण जडान गर्न बाँकी रहेको बताइएको छ । उहाँका अनुसार प्रशारनलाइनको काम पनि ५० प्रतिशत सम्पन्न भएको छ ।

आयोजनाबाट ९ किलोमिटर टाढा ट्रान्समिसन लाइन जोड्नका लागि २५ टावर राख्नुपर्नेमा हालसम्म १२ राखिसकेको र १३ राख्न बाँकी रहेको छ । आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङले भन्नुभयो, ‘हामीले यही फागुन महिनातिर निर्माणकार्य सक्ने लक्ष्य राखे पनि कोभिडलगायत विविध कारणले गर्दा निर्माणको अवधि थपिएको छ ।’ रोकिएका सामग्री आइपुग्ने आयोजनाले जनाएको छ ।